अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-२९
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीया उषा कुँवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्यूरो र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय संगम क्षेत्री लगायत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पथलैयाबाट जितपुरतर्फ आउँदै गरेको ना.२९ प ७३२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ कोत्रेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित पोखरा महानगरपालिका-१० नयाँबजार बस्ने २४ वर्षीय विवेक तामाङ्लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट दुलेगौडाबाट खटिएको प्रहरीले दुलेगौडाबाट पोखरातर्फ जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-१० रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ २ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-५ एनसिसिएन बस्ने २१ वर्षीय क्षितिज मल्ललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।