प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद

२०७८-०७-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं,  जाजरकोट, शिवालय गाउँपालिका-६ सुङ्गुरखाली रिसिना बस्ने २९ वर्षीय नबिन शाही र सोही ठाउँ बस्ने २२ वर्षीय  मनोज शाहीलाई ४ थान भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट थला रैकरबाट खटिएको प्रहरीले नबिनलाई शिकार खेल्दै गरेको अवस्थामा १ थान भरुवा बन्दुक तथा उनकै घरबाट १ थान भरुवा बन्दुक र मनोजको घरगोठ तलासी गर्दा १ नाल भरुवा बन्दुक तथा उनकै घरपछाडि ओडारमा राखेको १ थान भरुवा बन्दुक समेत गरी जम्मा ४ थान भरुवा बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

बागलुङ, बडिगाड गाउँपालिका-५ कुलिङ सामुदायिक बनमा लुकाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी ग्वालिचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।