अवैध लागूऔषध सहित पक्राउ
२०७९-०७-०२
- A
- A-
- A+
बारा, निजगढ नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ५ सय ग्राम सहित चितवन जिल्ला राप्ती नगरपालिका-१० बस्ने ३८ वर्षीय बिष्णु खरेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २०४५ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ चोरखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ करिब १ सय १ ग्राम सहित झापा हल्दिवारी गाउँपालिका-१ बस्ने २५ वर्षीय बिशाल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००५ ख ९७९९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।