प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

२०७९-०७-०५

  • A
  • A-
  • A+
Share

 कास्की, पोखरा महानगरपालिका-११ फुलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार १ सय ३० रुपैयाँ र ५२ पत्ती तास सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ बागफाटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा  दानी समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार १ सय १२ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो । 

डडेल्धुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित दोस्ती वाईन सप (होटल)मा जुवातास खेलिरहेको अवस्थामा सोही सपका संचालक ३७ वर्षीय गंगा दत्त भट्ट सहित ६ जनालाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त सपमा जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ७० रुपैयाँ सहित पक्राउ गरेको हो । 

  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८०-१२-२७

कैलाली, धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ५८ हजार १ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्‍व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।