स्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०७-०७
- A
- A-
- A+
धनुषा, जनकपुर उपमहानगरपालिका-२१ कुर्थाबाट स्रोत नखुलेको नगद ३८ लाख ५० हजार रुपैयाँ सहित महोत्तरी भंगहा नगरपालिका-१ बस्ने २१ वर्षीय सुवम राज चौवेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट अवैध रूपमा रकम नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको साथबाट १ हजार दरको २९ बण्डल र ५ सय दरको १९ बण्डल गरी जम्मा ३८ लाख ५० हजार रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषा पठाइएको छ ।