प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७८-०७-०५

  • A
  • A-
  • A+
Share

   झापा, मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट करिब ७ ग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित दमक नगरपालिका-१९ बस्ने २६ वर्षीय खगेन्द्र नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खगेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-८ अटल पम्प कम्पाउन्डबाट करिब ३ ग्राम अबैध लागूऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय बिमल भुजेल लगायत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बरगाछिबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-०३

नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-९ प्रतापपुरबाट  नियन्त्रित लागूऔषध १ सय एमएलको ओनारेक्स ४ बोतल, २ सय ३२ क्याप्सुल प्रोक्सिमेड-स्पास, १ सय २० ट्याबलेट नाइट्राभेट, ८४ एम्पुल डाइजोपाम, ९५ एम्पुल फेनरागन, र ९३ एम्पुल नोफिन सहित बर्दघाट नगरपालिका-५ बण्डाखोला बस्ने ३५ वर्षीय गणेश सुनारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बलौरी नगरपालिका-१० भुडाबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१० शिवनगर बस्ने १८ वर्षीय किशोर, भिमदत्त नगरपालिका-१ राजिपुर बस्ने २३ वर्षीय सागर कार्की र बेदकोट नगरपालिका-८ गैलनदी बस्ने २३ वर्षीय ज्ञानेस बिष्ट रहेका छन् । सु.प प्र ०२-००३ प ६७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भुडा र सशस्त्र प्रहरी बल बिओपी भुडाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार किशोर र सागरलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध खरिद गर्न बिष्ट समेत आएको खुल्न आएपछि बिष्ट समेतलाई प्रहरीले पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१७ बिरौटा बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ग.१ ख ८८८८ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सप्तरी, खडक नगरपालिका-८ मुसहरनियाबाट करिब ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५६ वर्षीय महेश्वर ठाकुरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ठाकुरको घरमा खानतलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

१५ किलो अवैध लागूऔषध चरेश सहित ४ जना पक्राउ
२०७८-०७-२५

गोरखा,   अजिरकोट गाउँपालिका-५ चनौटेबाट करिब १५ किलो अवैध लागूऔषध चरेश सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धार्चे गाउँपालिका-४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका-१० छेपेटार बस्ने ३७ वर्षीय लाल बहादुर तामाङ, सोही ठाउँ बस्ने ३३ वर्षीया छेमेन तामाङ र सोही ठाउँ बस्ने ३० वर्षीय प्रबिण श्रेष्ठ रहेका छन् । बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा.२० च ९३३२ नम्बरको जीपलाई ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखि ल्याउँदै गरेको उक्त चरेश सहित फेला पारी जीप चालक प्रबिण समेत ४ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ
२०७८-०६-१६

सर्लाही, २०७८ असोज १६ गते  मलंगवा नगरपालिका-९ दशगजाबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत सितामाढी सोनबर्सा-३ बस्ने २१ वर्षीय धर्मेन्द्र मण्डल र सोही ठाउँ बस्ने १९ वर्षीय भोला कुमार साह रहेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेका ४/५ जना ब्यक्तिहरुले प्रहरी चौकी गोरखकाली र बिओपी टावरबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ झोला फाली भाग्ने क्रममा उनीहरुमध्ये धर्मेन्द्र र भोलालाई पक्राउ गरेको हो । साथै झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।अन्य फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।