प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२०७९-०७-१५

  • A
  • A-
  • A+
Share

ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङ साकेला गाउँपालिका-१ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको बिषयलाई लिएर वादविवाद हुदाँ राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।