चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०७-१६
- A
- A-
- A+
बर्दिया, नकबजनी चोरी तथा जबरजस्ती चोरी उद्योग मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी वारबर्दिया नगरपालिका-२ बस्ने योगेन्द्र ज्ञवालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बर्दिया गुलरियाको मिति २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन कैद र ३० हजार रूपैयाँ जरिवाना सजाय तथा जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछीपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको जिल्ला अदालत बर्दिया गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।