अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७९-०७-१६
- A
- A-
- A+
सिरहा, औरही गाउँपालिका-१ दरैया चोकबाट अवैध लागूऔषध गाँजा १० केजी ७ सय ग्राम सहित बरियारपट्टी गाउँपालिका-३ बस्ने १६ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३३ डब्लु ४७३५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।