जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०७-१६
- A
- A-
- A+
बर्दिया, जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी वारबर्दिया नगरपालिका-६ बस्ने प्रेमलाल थारुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बर्दिया गुलरियाको २०७५ असार १३ गतेको फैसलाले जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दामा २ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत गुलरिया बर्दियाको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।