प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगी गरेको अभियोगमा १ जना पक्राउ

२०७८-०७-०५

  • A
  • A-
  • A+
Share

   रौतहट, 

अबैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका-१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाललाई ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । 

         कोभिड-१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग बिकेशले नगद ३ हजार/३ हजार ३ सयका दरले अबैध रुपमा पैसा उठाई ठगी गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले सोही बैंकको गेट अगाडिबाट उनलाई फेला पारी जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  


सम्बन्धित समाचार
युट्युव च्यानल मार्फत अश्लिता झल्कने भिडियो प्रसारण गर्ने व्यक्ति पक्राउ
२०७८-०८-२६

काठमाडौं, युट्युव च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिता झल्कने भिडियो प्रसारण गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-४ बस्ने कालिकोट झरना गाउँपालिका-९ घर भएका २१ वर्षीय भरत बहादुर तिरुवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको   छ ।  टेन्सन ब्रो नामक युट्यव च्यानल सञ्चालन गरी अश्लिल शीर्षक राखी समाजमा अश्लिता फैलाउने किसिमका भीडियोहरु बनाई युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाईएपछि उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।  उनी उपर  जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।   

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा पक्राउ
२०७८-०७-११

काठमाडौं, अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौं गोकर्णेश्वर-८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २७ वर्षीय मिन बहादुर पाइनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका-८ जगडोलबाट प्रहरीले पक्राउ गरेको छ । पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पाईनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२-३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने पक्राउ
२०७८-०७-०३

काठमाडौं, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौ महानगरपालिका-७ चाबहिल बस्ने झापा सुरुङ्गा कनकाई नगरपालिका-३ घर भएका ३५ वर्षीय निलम भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भट्टराईले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएकोले आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु उक्त पदमा जागिर खाने भए मन्त्रालयको विभिन्न अधिकारीहरूलाई रकम बुझाउनुपर्ने हुन्छ त्यसको लागि १५ लाख रुपैयाँ लाग्छ भनी प्रलोभनमा पारी पटकपटक गरी १४ लाख ५० हजार रुपैयाँ लिईसकेपछि पीडितलाई काठमाडौं बोलाए पश्चात भट्टराई सम्पर्क विहिन भएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत बसपार्कमा फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाईएको उक्त महाशाखाले जनाएको  छ ।