प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०७-१७

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित प्युठान स्वर्गद्धारी नगरपालिका-९ बस्ने २६ वर्षीया बर्षा सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-८ स्थितबाट नियन्त्रित लागूऔषषध नाईट्राभेट १ सय ४४ ट्याब्लेट सहित सोही नगरपालिका-८ चौगुर्दी बस्ने २० वर्षीय संजय लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब १ केजी सहित धादिङ घर भई हाल पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने २६ वर्षीय विजय मल्ल ठकुरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ५५६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ठकुरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, हरिवन नगरपालिका-१ भुटकुनि टोल बस्ने ५० वर्षीया अनन्दी देवी साहलाई अवैध लागूऔषध गाँजा करिब १० केजी सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले तलासी गर्दा भुस राख्ने गोठमा प्लाष्टिकमा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८०-१२-१५

मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ३७ मिलिग्रामसहित सोही महानगरपालिका-१० बस्ने ३९ वर्षीय मेघराज मण्डललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय घुमन रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २८ वर्षीय हरी लाल राना र ३४ वर्षीय राम बिलाश राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी रिंङ रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रतिक चौधरी समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ नयाबसपार्कस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१७ बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएकी २१ वर्षीया निर्जला घर्ती मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी दाङ, गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित भारत सिद्धार्थनगर डुमरियागञ्ज बस्ने २३ वर्षीय सोहिल राईनी समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोइलाबास र सशस्त्र प्रहरी बलसमेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध खैरो हेरोइनसहित कञ्चनपुर र मोरङबाट तीन जना पक्राउ
२०८०-१२-१४

कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराइज नानपारा उत्तर प्रदेश बस्ने १९ वर्षीय संजय बालमिक र भारत शाहजपुर उत्तर प्रदेश बस्ने १९ वर्षीय अर्जुन बालमिक रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१७ इस्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित भारत बिहार अररिया जोगवनी-१७ बस्ने ३२ वर्षीय मो.इभरामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवामा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ एजि ४२३७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक इभरामलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित चितवन र झापाबाट ६ जना पक्राउ
२०८०-१२-१४

चितवन, ईच्छाकामना गाउँपालिका-७ सिमलडाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीया नरमायाँ गुरूङ समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । झापा, बुद्धशान्ति गाउँपालिका-१ बिचचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय श्याम सुन्दर ठाकुर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित कञ्चनपुर र कैलालीबाट पाँच जना पक्राउ
२०८०-१२-१२

कञ्चनपुर, भिमदत्त नगरपालिका-१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-५ बस्ने २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका-३ बस्ने २१ वर्षीय दिनेश बिष्ट, सुक्लाफाँटा नगरपालिका-१० बस्ने २८ वर्षीय रोशन चन्द र भिमदत्त नगरपालिका-१ बस्ने २६ वर्षीय प्रदिप परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय करन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।