४ सय ८० किलो अवैध लागूऔषध (खात) सहित दुई जना पक्राउ
२०७९-०७-१८
- A
- A-
- A+
ललितपुर, ललितपुर महानगरपालिका-२४ बस्ने ३६ वर्षीय कविराज खड्का र धादिङ सिद्धलेख गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने २८ वर्षीय राम कुमार श्रेष्ठलाई अवैध लागूऔषध (खात) जस्तो देखिने सुकेको पातका टुक्राहरू ४ सय ८० किलो सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
कविराजले अवैध लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले कविराजले घरको आँगनमा पार्किङ गरी राखेको बा.२० च १५८ नम्बरको बोलेरोभित्र विभिन्न कार्टुनमा राखिएको २ सय २० किलो र कविराजको घरको कोठाबाट समेत गरी २ सय ६० किलो गरी जम्मा ४ सय ८० किलो उक्त लागूऔषध सहित फेला पारी कविराज र बोलेरो चालक राम कुमारलाई पक्राउ गरेको हो ।
उनीहरू उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइहेको छ ।