प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६० जना पक्राउ

२०७९-०७-१९

  • A
  • A-
  • A+
Share

 लमजुङ, सुन्दरबजार नगरपालिका-१ दुरागाउँ बस्ने रुपा दुराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय राम बहादुर दुरा समेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ, ईलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी कुन्छाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १ सय २३ रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

यसैगरी लमजुङ बेसीशहर नगरपालिका-११ चितिस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सुदिप सुयल समेत २५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ, ईलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी चितिबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २१ हजार २५ रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो । 

तनहुँ, भानु नगरपालिका-५ सेपाबंगैचा बस्ने ४४  वर्षीय शिव कुमार श्रेष्ठको रक्षा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा  ईलाका प्रहरी कार्यालय भानूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८७ हजार ५ सय २० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, वाणगंगा नगरपालिका-७ वनगाई बस्ने ४७ वर्षीय रामु भुषालको जुनकिरी होटलमा जुवातास खेलिरहेको अवस्थामा भुसाल समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनको होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३६ हजार ८ सय १५ रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
२०८१-०१-१३

काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका-२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८ हजार रूपैयाँ , सिक्का ४६ थान, सेपर १ थान, लुडो ४ थान र सिमीको दाना सहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित लाल बहादुर सिंहको कालीका रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका-१८ बस्ने ४५ वर्षीय आशिष कुमार खत्री समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ३ सय २९ रूपैयाँ र १३१ पत्ती ताससहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-८ ग्वार्कोस्थित सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय बिषु तामाङको नन स्टप डान्स बारमा कौडा खेलिरहेको अवस्थामा तामाङ समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३७ हजार ९ सय ६० रूपैयाँ र १९ पिस कौडासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर र कैलालीबाट १३ जना पक्राउ
२०८१-०१-०९

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तिबोझा बस्ने ४६ वर्षीय मण्डी बडायकको नास्ता पसल छेउमा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा बडायक समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहररूलाई नगद ११ हजार ५ सय १० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दको होटल रेड्सन प्लाजामा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ५ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५५ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।