प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रङ्खलाबद्ध चोरी कार्यमा संलग्न व्यक्ति पक्राउ

२०७८-०७-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं उपत्यकाका विभिन्न ८ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३१ वर्षीय कमल थापा मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यकाभित्र रातको समयमा बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कमललाई नगद र ढोका फोड्न प्रयोग गर्ने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो । 

 उनलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार
अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
२०८०-०८-१९

काभ्रे, बनेपा नगरपालिका-७ वकुटोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुते अवैध सुन, चाँदी र नगदसहित पक्राउ परेका छन् । सचिनले आफ्नो कोठामा अवैध रूपमा सुन तथा चाँदी गाली बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो । उनको कोठाबाट बिल नभएको सुन जस्तो देखिने धातु २ सय ३५ ग्राम ९ मिलिग्राम तथा चाँदी जस्तो देखिने धातु १ केजी ९ सय १ ग्राम २६ मिलिग्राम र स्रोत नखुलेको नगद ५ लाख ७६ हजार १ सय ३५ नेपाली तथा २२ हजार भारतीय रूपैयाँ बरामद भएको छ । साथै डिजिटल तराजु, २ सय ग्रामको ढक, माटोको बोचा १० थान, सुनको आकार दिने फलामको ढाला, माटोको मट्टी २ थान, मोबाइल २ थान, बैंक चेक २ थान लगायतका सामान समेत बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२० केजी चाँदीसहित दुई जना पक्राउ
२०८०-०५-१२

सिन्धुली, गोलन्जोर गाउँपालिका-५ खनियाखर्क बजारबाट करिब २० केजी चाँदीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको  छ ।पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ बस्ने रोहित कुमार यादव र सप्तरी राजविराज नगरपालिका-८ घर भई मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३७ वर्षीय शेचन मानन्धर रहेका छन् ।  प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२५ च १०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक पछाडिको सिट मुनि ४ वटा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी फेला पारी चालक रोहितकुमार र कारमा सवार शेचनलाई पक्राउ गरेको हो । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ । 

सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी गरेको अभियोगमा तीन जना पक्राउ
२०८०-०५-११

मोरङ, धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ  र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४  वर्षीय रोशन मण्डल र २० वर्षीय बिशाल कुमार सिंह रहेका छन् । उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

१२ थान चोरीको मोटरसाइकलसहित सात जना पक्राउ
२०८०-०४-११

बारा, विभिन्न मिति  र स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित  चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय विर्धोज वाईवा, सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका-२० बस्ने २० वर्षीय दिपेन्द्र कुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका-९ बस्ने २० वर्षीय राजिनन्द महतो र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ बस्ने २६ वर्षीय पंचालाल बलोन रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा विभिन्न ठाउँबाट चोरी भएका बा.२६ प ७७५३, ज.११ प ८४९५, ना.५१ प २७९०, ना.५२ प ७१३२, बीआर०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, ना. ४१ प ८४६८, बा.९० प ५००८, मधेश प्रदेश ०३-०२६ प ९९५६, बा.६४ प ४६८४ र २ ‘अन टेस्ट’ लेखिएका मोटरसाइकलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको   छ ।  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०८०-०२-०१

मोरङ जिल्लाका विभिन्न स्थानबाट को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प १३२३ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-६ बस्ने १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका-५ बस्ने २० वर्षीय दिपेश कुमार सरदार, सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेन कुमार राय र बिराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय रोहित चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

डाँका चोरी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०२-०१

तनहुँ, डाँका चोरी गरेको अभियोगमा म्याग्दे गाउँपालिका-१ पाचधारे घर भई ब्यास नगरपालिका-५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र म्याग्दे गाउँपालिका-१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्ग बहादुर बिकलाई  प्रहरीले पक्राउ गरेको छ । वैशाख २९ गते राति म्याग्दे गाउँपालिका-१ रुमादी बस्ने ७५ वर्षीय शिव कुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका-१ ठुलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपैयाँ डाँका चोरी गर्ने कार्यमा उनीहरूलाई चोरी गरेको विभिन्न सामान र नगदसहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।