प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०८-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बालकुमारीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ३९ ट्याब्लेट, डाइजेपाम ६ सय ६५ एम्पुल, नुफिन ७ सय १६ एम्पुल, फेनारगन ८ सय ५२ एम्पुल, नगद ९२ हजार २ सय ८० रुपैयाँ, १ थान स्कुटर र ५ थान मोबाइल सहित ललितपुर महानगरपालिका-७ बस्ने ३६ वर्षीय प्रज्वल देउलासमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७९ मिलिग्रामसहित जोशीपुर गाउँपालिका-५ बस्ने २० वर्षीय शिभम चौधरीसमेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.७ प १९७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-४ स्थित सडकबाट नियन्त्रित लागूऔषध नुर्फिन १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र डाइजेपाम १ सय एम्पुल सहित सोही नगरपालिका-१५ पृथ्वीबस्ती बस्ने ४३ वर्षीय देव बहादुर दमाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले लु.१ ह ३१९८ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित अटो चालक देव बहादुरलाई फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध पठाउन लगाउने सोही नगरपालिका-१३ बस्ने २९ वर्षीय जितेन्द्र कलवारलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

सर्लाही, मलंगवा नगरपालिका-१० स्थित गंगा पेट्रोल पम्प नजिक सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलो बुधबार राति प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्प र बिओपी मलंगवाबाट खटिएको प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बागमती प्रदेश-३-०१-००६ ख १७०४ नम्बरको गाडीलाई गर्ने क्रममा गाडीमा पानीको कार्टुनभित्र बोरामा १४ वटा पोका पारी लुकाई राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-०६-१४

काठमाडौं महानगरपालिका-१६ कालधारास्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ केजी, नगद ९ हजार रूपैयाँ र भिषा कार्ड ७ थानसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा रहेका छन् । लागूऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ स्थित त्रिवेणी होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम र नगद ५ हजार ५ सय रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ घर बताउने २१ वर्षीय उत्तम दर्जी र ईलाम सुर्योदय नगरपालिका-२ घर बताउने २० वर्षीया सन्ध्या बिश्वकर्मा रहेका छन् । लजमा लागूऔषध ब्राउन सुगर कारोबारको भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   दुवै सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८०-०६-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा थप ५ सय मिलिग्राम उक्त पदार्थ फेला पारी बरामद गरेको छ । झापा, भद्रपुर नगरपालिका-५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ४ सय मिलिग्रामसहित भारत पश्चिम बंगाल राज्य उत्तर दिनजपुर दलखोला शिखरपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-६ महानन्द चोक डेरा गरी बस्ने २८ वर्षीया सन्जरी खातुनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचिपुल र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । मोरङ, केराबारी गाउँपालिका-१० झागुटे टोल बस्ने ४० वर्षीया कौशिला मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका सोही गाउँपालिका-१० बस्ने ३८ वर्षीय किरण मगर र ३५ वर्षीय निराकारमान मगर समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर, बेलौरी नगरपालिका-१० बस्ने २२ वर्षीय दीपक चौधरी र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय सागर ठगुन्नालाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७ सय ४० मिलिग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडा र ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलौरी नगरपालिका-१० स्थित सागर ठगुन्नाको काठको मिल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी र नगद १८ हजार रूपैयाँसहित नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१२ बस्ने १९ वर्षीय अर्जुन भर समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी चितवन, राप्ती नगरपालिका-२ गडौलीबाट अवैध लागूऔषध गाँजा करिब २६ केजी गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बोरामा बोकी ल्याएको सामान फाली मानिस फरार भएपश्चात सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ
२०८०-०६-१२

कैलाली, गोदावरी नगरपालिका-९ सेहरी भन्ने गाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ वेलादेवीपुर बस्ने ३५ वर्षीय हरिद्वारी रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित बिर्तामोड नगरपालिका-८ बस्ने १९ वर्षीय बिवेक जवेगुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आईरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पर्सा, बिन्दवासिनी गाउँपालिका-५ प्रसौनीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ४२ वर्षीय लोटन राउत र ४० वर्षीय देबलाल साह कलवार रहेका छन् । प्रहरी चौकी प्रसानीभाटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४ सय ३५ ट्याब्लेटसहित पर्सा  छिपरमाइ गाउँपालिका-२ जयमंगलपुर बस्ने २८ वर्षीय सुखलाल मुखियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप समेतबाट खटिएको प्रहरीले ग.१ ख ००८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त ट्याब्लेटसहित पक्राउ गरेको हो ।   मोरङ, केराबारी गाउँपालिका-१० सुनौलो चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्रामसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० बस्ने २३ वर्षीय बिजय मगर, २६ वर्षीय असिम देवान, ३३ वर्षीय असिम मगर र सोही गाउँपालिका-७ बस्ने २४ वर्षीय अबिसेक लिम्बु रहेका   छन् । लागूऔषध ओसारपसार तथा बिक्री वितरण भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी मोरङ, जहदा गाउँपालिका-१ यादव टोलस्थित बाँसको घारीबाट बेबारीसे अवस्थामा राखिएको अवैध लागूऔषध गाँजा करिब ४ केजी बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी तथा  बुधनगर र अस्थायी प्रहरी पोष्ट भटडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०६-११

झापा, मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा भन्सार गेट अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित बुद्धशान्ति गाउँपालिका-२ बस्ने ४२ वर्षीय दिपक प्रसाद प्रसाईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ५७०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार प्रसाईलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ९ सय ५० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१५ बस्ने ३६ वर्षीय बिजय कुमार राजवंशी र २६ वर्षीय सुमन राजवंशी रहेका छन् । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ८६८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा
२०८०-०६-१०

काठमाडौं, लागूऔषध नियन्त्रण व्यूरो तथा औषधी ब्यवस्था बिभागको संयुक्त रुपमा खटिएको टोलीले काठमाडौं उपत्यकाका बिभिन्न मेडिकल स्टोरहरुमा चेक जाँच गर्ने क्रममा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ स्थित सर्लाही कौडिना गाउँपालिका-४ बस्ने २८ वर्षीय सुशिल कुमार पटेलले संचालन गर्दै आएको रस्मी मेडिकलहलबाट नियन्त्रित औषधी जुबलिन १ सय ट्याब्लेट, स्पास्पेन ७ सय ७४ ट्याब्लेट, टेनोड २ सय ट्याब्लेट र ट्यापेन्टा २ सय ट्याब्लेट र प्रोमेथाजिन ३ सय ट्याब्लेट बरामद गरी उक्त नियन्त्रित औषधीहरु र संचालकलाई आवश्यक कारबाहीको लागि औषधी ब्यवस्था बिभाग बिजुलीबजार काठमाडौंमा बुझाएको छ । साथै ललितपुर महालक्ष्मी नगरपालिका-५ स्थित धनुषा लक्ष्मीया गाउँपालिका-१ बस्ने ३५ वर्षीय जितेन्द्र कुमार यादवले संचालन गर्दै आएको श्रेया हेल्थ केयरबाट नियन्त्रित औषधी पेकोलिक ६ सय ३६ ट्याब्लेट, प्यान्डोल ३५ ट्याब्लेट, प्रेगाबालिन १० ट्याब्लेट, टापेन्डोल १६ ट्याब्लेट,  भोमी १ सय ६५ ट्याब्लेटसहित संचालक यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि औषधी ब्यवस्था बिभाग बिजुलीबजार काठमाडौंमा बुझाइएको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ४५ ट्याब्लेट र स्पास क्यापसुल १२ पिससहित तनहुँ देवघाट नगरपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीबाट काठमाडौं आउँदै गरेको म.प्र.०३-००१ ख ९०३० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।