नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०८-०१
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नुर्फिन २० एम्पुल, फेनारगन २० एम्पुल र डाईजेपाम २० एम्पुल सहित सोही उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने २४ वर्षीय सुमन लामालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको ना.५ ख १७५८ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार सुमनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।