अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-०९
- A
- A-
- A+
झापा, झापा गाउँपालिका-६ बस्ने २८ वर्षीय विरेन्द्र श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कनकाई नगरपालिका-१ स्थित सडकमा मे.११ प २००३ नम्बरको मोटरसाइकल र प्र.१.-०१-०१३ प १६८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले प्र.१.-०१-०१३ प १६८६ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लुकाई छिपाई प्लाष्टिकको झोलामा ल्याएको उक्त परिमाणको गाँजा फेला पारी उक्त मोटरसाइकलका चालक विरेन्द्रलाई पक्राउ गरेको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।