जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०८-२५
- A
- A-
- A+
गुल्मी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दिपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।