प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०८-२६

  • A
  • A-
  • A+
Share

बागलुङ, बागलुङ नगरपालिका-२ समिट चोकस्थित एक होटलमा १६ र १५/१५ वर्षीया तीन जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा हाल पोखरा बस्नेहरू बागलुङ गलकोट नगरपालिका-९ घर भएका २३ वर्षीय अशोक दर्लामी, रुपन्देही तिलोत्तमा नगरपालिका घर भएका १९ वर्षीय राहुल थापा र धादिङ कटुथे गाउँपालिका घर भएका १७ वर्षीया किशोर रहेका छन् । 

ती किशोरीहरु शनिबार घरबाट कोही कसैलाई नसोधी निस्की हिंडेकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त होटलमा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले किशोरीहरुलाई जबरजस्ती करणी गरेको खुल्न आएपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०८

बर्दिया, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दैलेख, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका-४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका-६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।