बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ
२०७९-०८-२६
- A
- A-
- A+
काठमाडौं, काठमाडौं पेप्सीकोलाबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला मन्थली नगरपालिका-६ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ बस्ने ३४ वर्षीय किशन कार्की र काभ्रेपलाञ्वोक रोशी गाउँपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-७ बस्ने ४८ वर्षीय दिपक कुमार काफ्ले रहेका छन् ।
उच्च अदालत पाटनको २०७९ मंसिर ६ गतेको फैसलाले किसन कार्कीलाई ५ दिन कैद एवं १५ लाख रूपैयाँ जरिवाना सजाय र २०७८ जेठ ३१ गतेको फैसलाले दिपक कुमार काफ्लेलाई सात दिन कैद एवं ८ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।