अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ
२०७९-०८-२८
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित सोही गाउँपालिका-१ डाँफे बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।