अवैध लागूऔषध सहित पक्राउ
२०७८-०७-०८
- A
- A-
- A+
उदयपुर, कटारी नगरपालिका-६ भोर्ले जंगलबाट ५३ किलो अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारिबाट खटिएको प्रहरीले उनलाई बोरामा गाँजा बोकी जंगलमा हिँडिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ वाईपासस्थित मन्दिर अगाडिबाट नियन्त्रित लागूऔषध १ सय एमएलको विन्सिरेक्स २ सय ३७ बोतल र नाइट्राभेट ६ सय ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौँडा उपमहानगरपालिका-३ ठेगाना भएका २६ वर्षीय सुमन न्यौपाने र २८ वर्षीय रोशन लामा रहेका छ्न् । बा.४ च १०२१ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको पछाडि सिटमुनी राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।