अवैध लागूऔषध सहित दुई जना पक्राउ तथा बरामद
२०७९-०९-०६
- A
- A-
- A+
पाल्पा, बगनासकाली गाउँपालिका-३ रोकाहाडाँडा नजिकै सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषध डाईजेपाम १३ एम्पुल, नुर्फिन १३ एम्पुल र फेनारगन १४ एम्पुल सहित २ जनालाई मंलगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
स्याङ्जा वालिङ नगरपालिका-२ बस्ने २० वर्षीय श्याम बहादुर थापा र भिरकोट नगरपालिका-२ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.२१ प ८९०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, बिष्णु गाउँपालिका-१ बारास्थित बोडर जाने सडकखण्डमा बीआर ०१ आरडी ५६८३ नम्बरको टेम्पुबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम र सोफी रक्सी २६ कार्टुन मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको उक्त टेम्पु छोडेर चालक फरार भएपश्चात टेम्पुलाई जाँच गर्दा उक्त लागूऔषध र रक्सी फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।