प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०९-०६

  • A
  • A-
  • A+
Share

रूपन्देही, मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका-५ बस्ने आरने माईला भन्ने मिन बहादुर बिक कामीलाई  सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कपिलवस्तुको २०७४ असार १९ गतेको फैसलाले मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रुपैयाँ जरिवाना र १ लाख २५ हजार रुपैयाँ पीडित महिलाहरुलाई क्षतिपूर्ति दिलाउने फैसला भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरीले सैनामैना नगरपालिका-५ बुद्दनगरबाट पक्राउ गरेको हो ।  

२०७० कात्तिकमा सालिकराम बिकले २ जना महिलालाई प्रलोभनमा पारी दाङ लगेर मिन बहादुरको जिम्मा लगाएको, मिन बहादुरले भारतको पंजाव लगेर बग्गी नाम गरेको मानिसलाई जिम्मा लगाएकोमा पीडित महिला आफूहरू बेचिएको थाहा पाएपछि भागेर नेपाल फर्किएर २०७० पुसमा ईलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी गरेपछि अनुसन्धानको क्रममा प्रतिवादी सालिकराम बिक तत्काल पक्राउ परेका थिए भने फरार मूख्य कसूरदार मिन बहादुर बिकलाई अदालतले उक्त कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।  

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कपिलवस्तु पठाइएको छ । 





सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।