प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

२०७९-०९-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-१० बस्ने ३५ वर्षीय अमित पौडेल र भरतपुर महानगरपालिका-२७ बस्ने ५५ वर्षीय प्रेम बहादुर गुरूङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जबरजस्ती करणी मुद्दामा अमितलाई जिल्ला अदालत चितवनको २०६६ असार ३१ गतेको फैसलाले ५ वर्ष कैद र प्रेम बहादुरलाई जिल्ला अदालत चितवनको २०७४ माघ २२ गतेको फैसलाले ४ वर्ष कैद ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो । 

पौडेलले २०६५ असार ११ गतेको दिउँसो ८ वर्षीया बालिकालाई ललाई फकाई उनकै घरमा जबरजस्ती करणी गरेको घटनामा र प्रेम बहादुरले २०७२ चैत ४ गते साँझ एक महिलालाई नारायण नगरपालिका-१ स्थित एक होटल पछाडी ललाई फकाई जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । 

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय चितनव पठाइएको छ । 



सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।