हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०९-०९
- A
- A-
- A+
झापा, आफ्नै जेठाजु कन्काई नगरपालिका-४ बस्ने ५५ वर्षीय पदम लाल बास्तोलाको हत्या गरेको अभियोगमा ४८ वर्षीया रनमाया बास्तोलालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
शिबसताक्षी नगरपालिका-१० टेक्रास्थित माईखोलाको बगरको कासघाँरीमा बिहीबार पदम लाल बास्तोला मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा रनमायाले बुधबार मृतकसँग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी हत्या गरेको खुल्न आएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।