बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०९-१२
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ धुनिवेशी नगरपालिका-५ घर भई चितवन भरतपुर बस्न ५१ वर्षीय पंचम अकौलिया र खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४८ वर्षीय जयकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमध्ये पंचमलाई उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना र जयकृष्णलाई सोही अदालतको २०७९ कात्तिक २९ गतेको फैसलाले २ दिन कैद र ५ लाख जरिवान ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पंचमलाई मंगलबार चितवन भरतपुरबाट र जयकृष्णलाई सोमबार काठमाडौं चुनिखेल काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको छ ।