अवैध लागूऔषध सहित पक्राउ
२०७९-०९-१९
- A
- A-
- A+
झापा, झापा गाउँपालिका-१ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ७ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित कन्काई नगरपालिका-५ बस्ने २२ वर्षीय गौरव चुडाल समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले मे.८ प ५३४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र तराजु सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ भट्टराई चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका बर्मेली टोल बस्ने २८ वर्षीय दिलिप लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, लमही नगरपालिका-५ सुनखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमही नगरपालिका-५ बस्ने २३ वर्षीय अभिषेक वली र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय राजिव परीयार रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी दाङ, लमही नगरपालिका-५ सुनखोली बस्ने २४ वर्षीय सुदन नेपालीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
पर्सा, बहुदरमाई नगरपालिका-९ मौजेटोल बस्ने २७ वर्षीय नामनरेश पटेललाई अवैध लागूऔषध गाँजा करिब १७ केजी सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-२२ जगरनाथपुरबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न वीरगंज महानगरपालिका-२१ पटेलनगर बस्ने २२ वर्षीय दिनानाथ पासवान समेत २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा चोरी गरेको मोटरसाइकल नामनरेश पटेलले खरिद गरेको भन्ने खुल्न आएपश्चात ईलाका प्रहरी कार्यालय पोखरीया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले नामनरेशको घर तलासी गर्दा चोरी भएको ना.६५ प ८२४० नम्बरको मोटरसाइकल र उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।