अवैध लागूऔषध सहित पक्राउ
२०७९-०९-२१
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ लक्ष्मीटोल बस्ने २० वर्षीय पवन कुमार श्रीवास्तब र १७ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध लुपिजेशिक १० एम्पुल, एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुल सहित झापा कमल गाउँपालिका-५ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।