स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०७९-१०-२४
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट स्रोत नखुलेको नगद १ लाख ३१ हजार रूपैयाँ सहित भारत घर भएका ३८ वर्षीय लक्ष्मी कान्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय त्रिनगर पठाइएको छ ।