प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित पक्राउ

२०७९-१०-२४

  • A
  • A-
  • A+
Share

झापा, मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियार सहित भारत घर भएका २० वर्षीय ओम साह समेत ४ जना भारतीय नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड  र छर्रा गोली ५० राउण्ड सहित फेला पारी पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ६० वर्षीय फुल बहादुर लामालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
एकनाले भरूवा बन्दुक एवम् बारूदसहित ४ जना पक्राउ
२०८०-१२-१३

पाल्पा, रैनादेबी छहरा गाउँपालिका-७ पहेलाघाटबाट १ थान भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने छर्रा र बारूद सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ ईटीया बस्ने ५६ वर्षीय बिनोद थापा, रूपन्देही सैनामैना नगरपालिका-५ बस्ने ३१ वर्षीय सन्तोश राना, रुपन्देही सैनामैना नगरपालिका-१० बस्ने ४१ वर्षीय सुकई थारू र रैनादेबी छहरा गाउँपालिका-७ धावा बस्ने २४ वर्षीय बुद्द बहादुर भन्ने रमेश कुमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले रमेश कुमाललाई उनकै घरबाट १ थान भरूवा बन्दुक तथा रैनादेबी छहरा गाउँपालिका-७ पहेलाघाटबाट बिनोद, सन्तोश र सुकईलाई बन्दुक छर्रा र बारूदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल र भरूवा बन्दुकसहित दुई जना पक्राउ
२०८०-१२-०९

रूकुम पूर्व, भुमे गाउँपालिका-९ गोठिवाङ बस्ने ३९ वर्षीय नविन मल्ल भन्ने विश्व विक्रम मल्ललाई पेस्तोल १ थान र सोही पेस्तोलको खालि म्याग्जिन १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चुनवाङबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । पाल्पा, रैनादेबि छहरा गाउँपालिका-४ ठुलीपोखरीस्थित जंगलबाट भरुवा बन्दुक १ थानसहित सोही नगरपालिका-४ दागिल बस्ने ४६ वर्षीय बद्री भन्ने लिला बहादुर खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुझूङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोलीसहित दुई जना पक्राउ
२०८०-१२-०६

सर्लाही, बरहथवा नगरपालिका-६ मगर टोलबाट पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी थाना सैयाराग्राम सैयारा बस्ने २८ वर्षीय सन्नी कुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त टोलीले सोही ठाउँ डेरा गरी बस्ने जितेन्द्रको कोठाबाट उक्त हातहतियारसहित पक्राउ गरेको हो । साथै उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीतर्फ लैजाने क्रममा बसबरिया गाउँपालिका-६ पोखरीयास्थित बाटोमा जितेन्द्र गाडीबाट भाग्न खोजे पश्चात प्रहरीले गोली फायर गरी नियन्त्रणमा लिएको हो । साथै गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।