अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२४
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-१५ चन्नुवा बस्ने २७ वर्षीय करन थारु र सोही ठाउँ बस्ने २५ वर्षीय विनोद थारु रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।