अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १८ जना पक्राउ
२०७९-१०-२७
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटर पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकम(पश्चिम) सानोभेरी नगरपालिका-१० बस्ने २८ वर्षीय तिलक डाँगी, सोही नगरपालिका-५ बस्ने बिनोद कुमार गौतम र ३३ वर्षीय सोनिराम केसी रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-६ बड्याहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-६ बस्ने २५ वर्षीय गोपाल चौधरी समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ साथी अस्पताल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-२ डाँडा बस्ने १९ वर्षीय सागर काफ्ले र लम्की चुहा नगरपालिका-१ पूर्व लम्की बस्ने १९ वर्षीय लोकेश शाही रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकारपुरबाट खटिएको प्रहरीले प्रदेश ३ -०२ ००६ प ६४१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र गोदावरी नगरपालिका-५ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.१-१०प ४३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरको हो । यस्तै धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय रामभजन राना र २४ वर्षीय प्रकाश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले प्रदेश ०३०२-००१ प ११४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकबाट अवैध लागूऔषध ब्राउनुसुगर ७ मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय किरण जोशी र सोही ठाउँ बस्ने २२ वर्षीय रविन चौधरी रहेका छन् । सु.प.प्र.०१००९ प २४०१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनुसुगर सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका-११ पूर्व टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो सहित सोही नगरपालिका-१२ बुङ्जोर बस्ने २३ वर्षीय बिजय गोलेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।