जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१०-२९
- A
- A-
- A+
उदयपुर, २२ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-५ गैरी गाँउ बस्ने ६५ वर्षीय असल मान परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।