अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ
२०७९-११-०३
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ३ ग्राम सहित काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३५ वर्षीय अनिष ब्रजाचार्यलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९५२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा सिटमुनी लुकाइ ल्याएको उक्त खैरो हेरोइन सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।