अबैध लागूऔषध सहित ६ जना पक्राउ
२०७८-०७-१४
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-१ बुद्धमार्गस्थित सडकबाट ४ ग्राम १ सय मिलिग्राम अबैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-८ बस्ने २४ वर्षीय बसन्त चौधरी लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्रा गरिरहेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ सुकुम्बासी टोल बस्ने १८ वर्षीय किशोर सहित ३ जनालाई ६ सय ५० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद ४ हजार ४ सय ८० रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको प्रहरीले उक्त पदार्थ र नगद सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।