जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०७९-११-०६
- A
- A-
- A+
झापा, दमक नगरपालिका-६ पशुपती मार्ग बस्ने पूर्ण बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग भएको नगद १ लाख १० हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।