छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ
२०७९-११-०९
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २२ मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विर्तामोड नगरपालिका-५ बस्ने २९ वर्षीय सुरज कुंवर र ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ६२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, महाराजगंज नगरपालिका-६ स्थित कन्चनिया पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्रामसहित शिवराज नगरपालिका-४ बस्ने २६ वर्षीय दुर्गा जैसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले लु.३७ प ५०७४ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक जैसवाललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-४ सोनपुर चोकबाट अवैध लागूऔषध गाँजा २ सय ग्रामसहित घोराही उपमहानगरपालिका-२ बलामपुर घर भई सोही उपमहानगरपालिका-३ भानपुर चोक डेरा गरी बस्ने २२ वर्षीय श्याम बिश्वकर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २३ वर्षीय रुपक सिंह सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत केन्नाईन उप-शाखा (हाल कोहलपुर बाँके) र ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले अमिलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ख २८७२ नम्बरको हाईसलाई जाँच गर्दा हाईसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।