अवैध लागूऔषधसहित पक्राउ
२०७९-११-१२
- A
- A-
- A+
कालीकोट, तिलागुफा नगरपालिका-१ नाग्मा बजारबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खाँडाचक्र नगरपालिका-६ दाँहा बस्ने २९ वर्षीय लोकेन्द्र बम र २१ वर्षीय भरत बहादुर शाही रहेका छन् । प्रहरी चौकी नाग्मागार्डबाट खटिएको प्रहरीले प्र.०२-०३०१५ प १२७० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, थाक्रे गाउँपालिका-२ समानटारस्थित सडकबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ केजीसहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने २९ वर्षीय विजय घलानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले महादेववेशी बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।