कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ
२०७९-११-१३
- A
- A-
- A+
धनुषा, जनकपुर उपमहानगरपालिका-१७ तेतरिया बजारबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित हंसपुर नगरपालिका-४ बस्ने २२ वर्षीय भरोस पासवानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।