प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

२०७८-०७-१५

  • A
  • A-
  • A+
Share

सुनसरी, बराहक्षेत्र नगरपालिका-८ बस्ने बहादुर खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ४६ वर्षीय अगम तामाङ लगायत १५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५५ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरको हो । 

बाँके, खजुरा गाउँपालिका-२ ए गाउँस्थित नर्सरीमा तास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-३ बस्ने २८ वर्षीय अशोक बर्मा र भारत बहराईज रुपैडिहा बस्ने ४० वर्षीय राधे बर्मालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय रुपैयाँ र १८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८०-१२-२७

कैलाली, धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ५८ हजार १ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्‍व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।