प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

डोटी, पूर्वीचौकी गाउँपालिका-१ छेप्लाडीमा निर्माणाधिन स्कुलको भवनमा लेबर काम गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका-१७ धुर्जना घर भएका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लडागडा र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले डबललाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-२० भलाम कालिखोला बंगुर फर्ममा काम गरी बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका-३ फलाटे घर भएका ५५ वर्षीय मसला दमैको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै सालो २० वर्षीय कमल नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुबीच सामान्य विवादको क्रममा कमलले कुटपिट गर्दा गम्भीर घाइते भएका मसलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।