अवैध लागूऔषध सहित पक्राउ
२०७९-११-२३
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ५० एम्पुल, एभिल ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका-७ बस्ने १९ वर्षीय दिपेश मगर र झापा दमक नगरपालिका-४ बस्ने १९ वर्षीय राजन बिक रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडस्थित आश्रम टोल बस्ने २८ वर्षीय भरत बिकलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।