अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१६
- A
- A-
- A+
काठमाडौं, अवैध लागूऔषध कोकिन ७ किलो ८ सय ८७ ग्रामसहित २ जना भारतीय महिलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत SERCHHIP, MIZOROM ठेगाना भएकी ४५ वर्षीया VAHLALLAWMI र २९ वर्षीया ESTHER LALHLIMPUI रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले ईन्डिगो एयरलाईन्सको उडानद्वारा भारतको नयाँदिल्ली जान लागेकी VAHLALLAWMI लाई बिमानस्थलको प्रस्थान कक्षको ब्यागेज चेकिङ गर्ने क्रममा २ किलो ८ सय ८७ ग्राम कोकिन फेला पारी पक्राउ गरेको थियो । साथै लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट LALHLIMPUI लाई ५ किलोग्राम कोकिनसहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-५ नकलबन्दा टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम र नगद २८ हजार ६ सय १५ रुपैयाँसहित ललितपुर, ललितपुर महानगरपालिका-१३ घर भई मोरङ लेटाङ नगरपालिका-३ बस्ने ४६ वर्षीय विशाल शर्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल नेपाल आउट पोष्ट नकलबन्दाबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बारबर्दिया नगरपालिका-३ भैंसाखानीबाट अवैध लागूऔषध चरेश १२ ग्राम ७ सय १० मिलिग्रामसहित मधुवन नगरपालिका-६ गाउँ नम्बर ४ बस्ने २२ वर्षीय मदन गुरुङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २८ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित चौधरी र १९ वर्षीय राहुल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।