अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७८-०७-१७
- A
- A-
- A+
बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट करिब १३ किलो अवैध लागूऔषध गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने २३ वर्षीय सुमन रुम्बा समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद अवस्थामा ना.२ ह ४४४४ नम्बरको अटोमा चढ्न गएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।