स्रोत नखुलेको नगद सहित पक्राउ
२०७८-०७-१७
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ शंकरचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँ सहित सोही महानगरपालिका-३१ कोनिया टोल बस्ने २४ वर्षीय अनिल साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४० प ४३०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अनिलको झोलाभित्र उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।