अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-३०
- A
- A-
- A+
झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-८ बस्ने २७ वर्षीय अजय मेचे र २८ वर्षीय श्याम बहादुर दर्जी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१० कुतियाकभरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ३४ मिलिग्रामसहित भारत पिलिभित नौजलिया-२ कुतियाकभर बस्ने ३२ वर्षीय सन्तोष हिरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दोधार चाँदनीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।