प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ तथा बरामद

२०८०-०१-०१

  • A
  • A-
  • A+
Share

तनहुँ, शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४३ एम्पुल, फेनारगन ४३ एम्पुल,  नुर्फिन ४३ एम्पुल र नगद ११ हजार रूपैयाँसहित कास्की पोखरा महानगरपालिका-३० बस्ने ४४ वर्षीय चन्द्र बहादुर गुरूङसमेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित चुईकुना होटल एण्ड रेष्टुरेन्टमा लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १० किलो ३ सय ५५ ग्रामसहित लमजुङ राईनास नगरपालिका-८ घर भएका २५ वर्षीय सरोज श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग.२ ख ६१२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२० स्थित बाँके बिमानस्थलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्रामसहित कैलाली घोडाघोडी नगरपालिका-१ बस्ने २२ वर्षीय अमुल क्षेत्रीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विमानस्थल सुरक्षामा खटिएको प्रहरीले श्री एयरलायन्सको बिमानद्वारा काठमाडौंतर्फ जान लागेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

भोजपुर, हतुवागढी गाउँपालिका-८ पात्लेधाराबाट अवैध लागूऔषध गाँजा करिब २४ किलोग्राम बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय घोडेटारबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरु बोरा फाली फरार भएपछि बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । साथै सोही ठाउँबाट को.३८ प ८५४ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार