प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित पक्राउ

२०८०-०१-०२

  • A
  • A-
  • A+
Share

उदयपुर, बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान, ५ राउण्ड गोली लोड भएको पेस्तोल १ थानसहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३० वर्षीय कुमार भन्ने जय कुमार राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ । काभ्रे पनौती नगरपालिका-५ ढलमलेमा एक व्यक्तिलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा आरोपित उनी उक्त टप्पुमा हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उक्त हातहतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

रोल्पा, गंगादेव गाउँपालिका-४ डोलसिंगे बस्ने ३३ वर्षीय कृष्ण वलीको घरबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । वलीको घरमा हतियार रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उनको घरमा लुकाई राखेको उक्त हातहतियार फेला पारी बरामद गरेको हो । मादक पदार्थ सेवन गरी गंगादेव गाउँपालिका कार्यालयको गाडी तोडफोड गरेको अभियोगमा वलीलाई चैत ३० गते प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

इलाम, रोङ गाउँपालिका-५ इलाम र झापा मेचिनगर नगरपालिका-३ को सीमानास्थित सुकेनिन्दा खोलाको बगरबाट भरुवा बन्दुक १ थान र बारुद भर्ने तार १ थान शुक्रबार राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुबनबाट खटिएको प्रहरीले उक्त बगरमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।